काठमाडौं, २० चैत । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको गत १७ गतेबाट दाङमा भएको केन्द्रिय समिति बैठक सम्पन्न भएको छ । आज बिहान दाङमा आयोजित पत्रकार सम्मेलनमा बैठक सम्पन्न भएको घोषणा गरिएको थियो । बैठकले बिभिन्न चारवटा बुँदामा छलफलगरी निष्कर्ष निकालेको छ ।
जसमा देश निरंकुशताको बाटोमा जान लागेको ठहरगर्दै अव संघर्ष बाहेक अर्को बिकल्प नरहेको भनिएको छ । पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव सिपि गजुरेलले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिनुभएको थियो ।