काठमाडौं,२० जेठ । आज दिल्लीमा नेपालको रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुँदैछ । अब भाजपा र रास्वपाबीच पार्टीगत तहमा सहकार्य हुने भएको छभने नेपालमा इन्डो पश्चिमा शक्ति हाबि हुने भएको छ । भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटगर्ने भनिएपनि समय खुलेको छैन । यसअघि हिजो मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ । लामिछानेसहितको टोली पर्सी २२ गते स्वदेश फर्कने कार्यक्रम छ । रास्वपाका सभापति लामिछाने र भारतका गृहमन्त्री अमित साहबीचको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरुबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको रास्वपाले जनाएको छ ।

त्यसैगरी लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटवार्तामा भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरुमा केन्द्रित रहेको र यी सम्बन्धहरुले विकास र समृद्धिलाई प्रवद्र्धनगर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । त्यसैगरी रास्वपाका सभापति लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको भनिएको छ । भाजपा मुख्यालयमा हिजो उहाँहरुबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्नसक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ ।