
काठमाडौं,२० जेठ । नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरुका बैठकसमेत बहिष्कारगर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले आगामी २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठक आगामी २५ गतेसम्म स्थगित छभने राष्ट्रियसभाको बैठक आज बस्दैछ । गत आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्रले नेपालले पनि भारतको भूमि मिचेको रहेछभन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । संसदमा रहेका अन्य दलहरुपनि प्रधानमन्त्रिको चनाईको बिपक्षमा रहेका छन् ।