काठमाडौं,१९ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सम्बद्ध क्रान्तिकारी किसान महासंघको दोस्रो राष्टिय भेला आज सम्पन्न भएको छ । सम्मेलन हिजोबाट शुरु भएको थियो । भेलाले सीताराम तामाङको संयोजकत्वमा २९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । जसको सहसंयोजकमा धनेश्वर पोखरेल, सचिवमा कृष्णभक्त महर्जन, सचिवालय सदस्यहरुमा बाबुराम सुवेदी, क्षेत्रबहादुर थापा, टंकप्रसाद कोइराला, बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिंह तामांग, रामनारायण सिंह, कर्ण थापा रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा दिवाकर न्यौपाने, प्रकाशबाबु खनाल, कृष्णकुमार ढकाल, ढुण्डीराज न्यौपाने, कमल उप्रेती, प्रकाश ऐर, छत्रबहादुर आलेमगर, थलप्रसाद देवकोटा, लोकबहादुर विक, शशिराम बुढाथोकी, देवीराम आचार्य, रामबहादुर भाट, खडक कुँवर, सुर्यनारायण चौधरी, बहादुर सिंह चाँड, श्रवण विक, देवानन्द चौधरी, तेजनारायण यादव लगायत रहनु भएको छ । भेलाको उद्घाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले हिजो सोमबार गर्नुभएको थियो ।