काठमाडौं,२० जेठ । सहकारीले करिब पाँचअर्व बचत पिलर्ता नगरेको खुलाशा भएको छ । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्तागरी दिनका लागि छहजार बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागकाअनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रवकुमार काफ्लेकाअनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो । प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबीगर्ने बचतकर्ताहरुमा एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बढी छन् ।
उक्त रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिनुभयो । उहाँले यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एक हजारसम्म गर्ने अर्थात साना रकम जम्मागर्ने बचतकर्ताहरुको संख्या बढी रहेको छ भन्नुभयो । कामपाका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको संख्या ७८ प्रतिशत रहेको छ । उजुरीकै आधारमा कामपाले गत सोमबार र हिजो मंगलबार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन एक लाख ५० हजारसम्म बचतगर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता गरेको हो । सहकारीले आगामी १ महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ ।
कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरुलाई ताकेतागर्ने र बचतकर्ताको बचत रकम फिर्तागर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ ।