काठमाडौं,४ असार । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालनगर्ने सम्बन्धमा हिजो द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंककोतर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गर्नुभयो । सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषलेगर्ने उल्लेख छ ।

कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयारगरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरणअनुसार खाता अद्यावधिकगर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टागरी अवकाश रकम भुक्तानीगर्ने कार्य गर्नेछ । साथै कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियममा उल्लेख भएअनुसार पाउनेछन् । सम्झौताअनुसार आयकर ऐन–०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको रकम र बहाल रहेका कर्जासमेतलाई कोषमा रकमान्तरगरी समायोजन गरिने सम्झौतामा उल्लेख छ । रासस