काठमाडौं,४ असार । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरुले रेडक्रसको केन्द्रीय कार्यालयमा हिजो पदभार ग्रहण गर्नुभएको हो । गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटनगरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य र सदस्यहरुमा वसन्तकुमार श्रेष्ठ, अविस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउद ९बोहरा० रहनुभएको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको गत जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई रेडक्रसमा डिजिटल सदस्यता प्रणाली विकासगरी दर्ता, नवीकरण, अद्यावधिक गराउने व्यवस्थागर्ने तथा सदस्यता विस्तारगर्न जिम्मेवारी दिइएको छ । साथै समितिलाई सामाजिक सञ्जाल समेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालनगर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चितगर्न पहलगर्ने, हालको सांगठनिक संरचनालाई नेपालको संविधानको संघीय शासकीय व्यवस्थाबमोजिम पुनःसंरचनागर्ने, डिजिटल अद्यावधिक सदस्यबाट सोसाइटीको निर्वाचन गराउनेलगायत जिम्मेवारी प्राप्त छ । रासस