काठमाडौं । आज फेरी एमालेका अध्यक्ष केपी ओली नुवाकोटको बिदुर पुग्दै हुनुहुन्छ । एमालेले आजैबाट रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरणगर्न शुरुगरेको छ । आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रमलगत्तै अध्यक्ष ओलीसहितका एमालेका नेताहरु नुवाकोटको विदुरतर्फ जाने कार्यक्रम छ । यसअघि अध्यक्ष ओली लगायतका नेताहरुले नुवाकोटमा पुगेर आफ्ना नेता तथा कार्यकर्तालाई बाढी पीडितको उद्धारमा परिचालन गर्नुभएको थियो ।