
काठमाडौं,१९ भदौ । सर्वदलीय बैठक आयोजनागर्न पनि प्रधानमन्त्रीसँग बिशेष आग्रह गर्नुपर्ने अवस्था सिर्जना भएको थाहाभएको छ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्र्षमान पुनले हिजोको बैठकमा भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रिसँग सर्बदलीय बैठकको आयोजना गरिदिन बिशेष अनुरोध गर्नुभएको थियो । सभाको विशेष समयमा आफ्ना धारणाराख्दै उहाँले केन्द्र, प्रदेश र जिल्ला स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउने दलहरुको निर्णय भइसकेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजनागरी यसलाई मूर्तरुप दिनुपर्ने बताउनुभएको थियो ।
सांसद वर्षमान पुनले विपद्पछिको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापना र विपद् व्यवस्थापनका लागि स्पष्ट रणनीति आवश्यक रहेको पनि बताउनुभयो । उहाँले बाढीका कारण जलविद्युत् आयोजना, सुरुङ तथा विद्युतगृहमा फसेकाहरुको सम्भव भएसम्म छिटो खोजी तथा उद्धारगर्न, राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभएको थियो । पुनले राष्ट्रिय हिमालयन जलवायु तथा विपद् कोष स्थापनागर्न, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन तथा हिमाली क्षेत्रको नियमित अनुगमन र अध्ययनगर्ने व्यवस्थागर्न पनि माग गर्नुभएको थियो । तर हालसम्म प्रधानमन्त्रिले सर्बदलीय बैठक बोलाउनु भएको छैन ।