काठमाडौं,१९ भदौ । प्रधानमन्त्रि वालेन्द्र शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाट शुरु हुनेभएको छ । उहाँ न्यूयोर्क जाने तयारीमा जुट्नुभएको थाहाभएको छ । यसअघि उहाँ भारतबाटै पहिलो विदेश भ्रमणगर्ने प्रयासमा रहनुभएको बताइन्थ्यो । उहाँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क जान लाग्नुभएको बताइन्छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा यही भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा शुरु हुँदैछ ।

महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि शुरुहुने तालिका रहेको छ । प्रधानमन्त्री उच्चस्तरीय बैठकमा सहभागी हुनगरी अमेरिका जाने टुंगो लागेको पराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि गत तीनगते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि जलवायु न्यायको आवाज विश्व समुदायसम्म पु¥याउन प्रधानमन्त्री वालेन्द्र आफैँ न्यूयोर्क जान लाग्नुभएको प्रचार गरिएको छ ।