काठमाडौं,२५ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग हिजो उच्चस्तरीय छलफल गर्नुभएको थियोभने छलफलको बिस्तृत बिवरण गोप्य राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने काममात्र भएको जनाएको छ ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आफै उपस्थित हुनुभएको थियो । प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री वालेन्द्रले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि अलग अलग छलफल गर्नुभएको बताइएको छ ।