काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले देशमा गुण्डाराज हाबि हुँदैगएको बताउनु भएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोपसमेत लगाउनु भएको थियो । प्रधानमन्त्रीका सल्लाहकारहरुको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उहाँले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको दाबि पनि गर्नुभएको थियो ।
एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उहाँको भनाइ थियो । उहाँले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको पनि बताउनु भएको थियो । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरुलाईनै पाखा लगाएमा सरकार तासको घरजस्तै ढल्ने चेतावनी दिनुभएको थियो । सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अंगका रुपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएकोप्रति कडा विरोधगर्दै गल्ती भए कारबाहीगर्न तर धम्कीको शासन नचलाउन सुझाव दिनुभएको थियो ।