
काठमाडौं,२५ भदौ । रास्वपाका सभापति रवि लामिछानेको हिजो प्रतिनिधिसभाको सम्बोधन सुनेर प्रधानमन्त्रि वालेन्द्र शाहलाई छटपटी भएको र उहाँ तत्काल संसदको बैठकबाट बाहिरिनु भएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । विरलै संसदमा उपस्थित हुने वालेन्द्र हिजो उपस्थित भएर पार्टीका सभापति रवि लामिछानेको सम्बोधन सुन्नुभएको थियो । सभापति लामिछानेले सम्बोधन शुरुगर्नै लाग्दा संसद प्रवेश गर्नुभएका उहाँ सम्बोधन सकिने बित्तिकै हतास भावकासाथ बाहिरिनु भएको थियो ।
सभापति लामिछानेले देशले भोगिरहेको विपत्ति र अन्तर्राष्ट्रिय समुदायबीच नेपालले राख्नुपर्ने कुराका बारेमा बाल्नुभएको थियो । उहाँले आफ्नो मन्तब्यमा जन चाहनाअनुसार काम हुन नसकेपछि जनताले सरकारको बिरोधगर्नु कुनै आश्चर्य नभएको बताउनु भएको थियो । त्यसैगरी उहाँले सधै सामाजिक सञ्जालमा खेलिरहने र जथाभावी स्टाटस लेख्नेहरुको निन्दा गर्दै पार्टीबाट निष्काशन गर्ने बताउनु भएको थियो ।