बेइजिङ, ४ जेठ । चीनको सांघाइमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) मा उच्च–स्तरीय बैठक आयोजनागर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बताएका छन् । चीनले यस सम्मेलनलाई सबै पक्षहरुसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरकारुपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

एआइले मानवको भविष्यमा ठूलो असरपार्ने बताउदै यो सबै देशहरुले सामनागर्ने साझा सवाल भएको झोउले बताउनुभएको छ । चीनले बहुपक्षवाद र खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थनगर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरुसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ । उहाँले चीनले विकास तथा सुरक्षा प्रयासहरु समन्वय गर्ने र बहुपक्षवादलाई सक्रियरुपमा अभ्यास गर्नेछ, र जनकेन्द्रित एआइ पनि विकासगर्ने सिद्धान्तलाई समर्थनगर्ने जनाइएको छ । रासस,सिन्ह्वा