काठमाडौं । नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका कारण संकटकालको घोषणा गरेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जनाहुँदै गएको देखिएको छ । मुख्यत गतसाता भारत प्रशासित कश्मिरमा भएको घटनाले भारत र पाकिस्तानकाबीचमा युद्ध भड्किने संभावना देखिएको छभने भारतीय पक्षले नेपाललाई अति सम्बेदनशील क्षेत्र ठानेको देखिन्छ । उक्त घटना लगत्तै भारतीय प्रधानमन्त्रिले नेपालका प्रधानमन्त्रिलाई फोन गरेरै वार्ता गर्नुभएको थियो र नेपालले भारतको पक्षमा आफ्नो मत ब्यक्तगरेको थियो । गत केही दिनअघिमात्र पर्साको वीरगञ्जमा भएको घटनाले धेरैलाई झस्काएको छ । यदि भारत र पाकिस्तानका बीचमा युद्ध भड्कियोभने नेपालमा संकटकालको घोषणा गरेर उच्च सुरक्षा सतर्कता अपनाउनैपर्ने हुन्छ । त्यसैगरी नेकां र एमालेजस्ता पुराना र ठूला पार्टी सम्मिलित सरकारले पनि गठन भएको झण्डै १० महिना बित्न लाग्दा पनि अपेक्षितमात्रामा कामगर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षले सरकारलाई पूर्णरुपमा असहयोग गरेको देखिएको छ । उसको रटान बर्तमान सरकारबाट एमालेलाई जसरी पनि हटाएर नेपाली कांग्रेससँग मिलेर आफू सरकारमा जाने रहेको छ । तर नेपाली कांग्रेस बर्तमान सरकारलाई टिकाउने र माओवादी केन्द्रलाई कुनै हालतमा पनि सरकारमा नलिनेमा कम्मरकसरेर लागेको छ । गतसाता थाइल्याण्ड भ्रमणबाट स्वदेश फर्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तन हल्ला हावादारी भएको बताउनु भएको थियो ।

थाइल्याण्डको भ्रमण सकेर गत शुक्रबार काठमाडौं आइपुग्नु भएका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको र तत्काल सरकार नढल्ने बताउनु भएको थियो । त्यसैगरी उहाँसँगै स्वदेश फर्कनु भएकी परराष्ट्रमन्त्री डा आरजु देउवाले पनि सरकार परिवर्तनको कुरा कसैले चलाएको प्रायोजित हल्लामात्र भएको बताउनुभएको थियो । त्यसैगरी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछामार्ने प्रयास भइरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको गत शुक्रबारको बैठकलाई सम्बोधनगर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्नेभन्दै कांग्रेस मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिने र दुईदलबीच भएको सहमतिलाई अक्षरश पालनागर्ने बताउनु भएको थियो । त्यसैगरी एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओलीले पनि हालैका कतिपय सार्बजनिक कार्यक्रमहरुमा सरकार ढल्ने हल्लामा कुनै तुक नरहेको बताउँदै आगामी १० महिनापछि आफूले नेकांका सभापतिलाई सत्ता हस्तान्तरणगर्ने बताउनु भएको थियो । यसरी सत्ता साझेदार नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरु दुई दलबीच भएको सहमतिअनुसारै सरकार अघिबढाउनेमा दृढ देखिनु भएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता समीकरण बदलिने अभिव्यक्ति दोहो¥याइ रहने गरेका कारण नेकां र एमालेले पनि सरकार टिक्ने कुरा बारम्बार ब्यक्त गरिरहनु परेको देखिएको छ । जसलेगर्दा सडकदेखि सदनसम्म नै निरन्तर अस्थिरता कायम रहने देखिएको छ । त्यसैले बर्तमान सरकार देशमा संकटकाल लागू गराउन बाध्य बन्दैगएको राजनीतिक क्षेत्रमा आंकलनगर्न थालिएको छ । कश्मिर घटनामा नेपालले भारतको पक्षधरता देखाएका कारणले पनि बर्तमान सरकारप्रतिको भारतीय संस्थापन पक्षको दृष्टिकोण बदलिएको देखिएको छ । अबका दिनमा पनि नेपालमा बिभिन्न किसिमका आन्दोलन जारीरहेको खण्डमा त्यसको प्रत्यक्ष असर छिमेकी भारतलाईसमेत पर्ने भएकाले नेपालमा संकटकाल अनिवार्य बन्दै गएको राजनीतिक क्षेत्रमा मूल्यांकनगर्न थालिएको छ ।