काठमाडौं,४ जेठ । आज बिहानैदेखि देशका बिभिन्न स्थानमा बर्षा भैरहेको छभने सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । सो महाशाखाकाअनुसार पछिल्ला दिनमा देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको अवस्था छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाले चट्याङसहित वर्षाको सम्भावना र हावाहुरीको संभावना रहेको चेतावनी दिँदै बिभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको बताइएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक,दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने भनिएको छ ।
बागमती, कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेश लगायतका बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका एक, दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन्छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । मधेस, कोशी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।