काठमाडौं, ५ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सत्ताको मोह भंगभएको खुलाशा भएको छ । जनतासँग माओवादी केन्द्र जनता जागरण अभियानअन्तर्गत हिजो दैलेखमा आयोजित सभामा उपरोक्त खुलाशा गर्नुभएको हो । उहाँले अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले शुरुगरेका कामलाईसमेत भत्काएको बताउनु भएको थियो । उहाँले आगामी आबको बजेट सार्बजनिक हुनुअघिनै आफ्नो अभियान सकेर जनताका माग र आवश्यकता सरकार समक्ष राख्ने तयारी भैरहेको पनि बताउनु भएको थियो । उहाँले यस अघिको तराइ मधेस जागरण अभियान सफल भएको दाबिगर्दै हाल जारी यात्रा पनि सफल हुने बताउनुभएको थियो । मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेखगर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताउनुभएको थियो । मध्यपहाडी मार्गको प्रस्ताव आफू प्रधानमन्त्रीहुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई बिचार गरेर प्रस्ताव गरिएको बताउनुभएको थियो । उहाँले राष्ट्रिय एकतालाई सुदृढगर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान शुरुवातगर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ कीभन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघिबढाएको दाबि पनि गर्नुभएको थियो । उहाँले आफूहरुले सबै समुदायसँग छलफलगर्दै जनताको आवाज सरकार समक्ष पु¥याउने लक्ष्य लिएको खुलाशा पनि गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त अभियान आगामी १० गते पोखरामा पुगेर टुंगिने कार्यक्रम छ ।
