तस्वीर ः माओवादी केन्द्र

काठमाडौं, ३ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले जेठ दुईगते डडेलधुराको पाटनबाट मध्यपहाडी मार्ग जनजागरण अभियानको थालनीगरेको छ। त्यसक्रममा अध्यक्ष पुष्पकमल दाहाललाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन समेत गरेको थियो । सो अभियान पोखरामा समापन गरिने कार्यक्रम छ । हिजो डडेलधुरामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारहुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको दाबि गर्नुभएको थियो । प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको एक पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभएको थियो । उहाँले डडेल्धुरा सम्भावनायुक्त जिल्ला भएको बताउँदै त्यहाँ विकासमा ध्यानदिन सकियोभने विकासको नमूना बन्नसक्ने दाबि पनि गर्नुभयो । त्यसक्रममा अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षितगरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभएको थियो ।

उहाँले आफूहरुले पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गरेको बताउँदै अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान शुरुगर्दैछौँ भन्नुभएको थियो । अभियानमा भाग लिन पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरु त्यहाँ पुग्नुभएको थियो । यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्नगरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तारगर्ने जनाएको छ । अभियानले बिभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुतगर्ने अवसरकारुपमा लिएको छ । अभियानले बिभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफलगर्ने बताइएको छ । माओवादी केन्द्रले ०७९ पछि यस्ता अभियान बारम्बार सञ्चालनगर्दै आएको छ ।