काठमाडौं,३ जेठ । प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी ओलीले आफ्नो मुख्य चाहना मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई बिगार्न नदिन र बिना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक भएको बताउनुभएको हो । अध्यक्ष ओलीले मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ । म युवालाई एमालेमा आउनुस् एकैपटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न । एमालेमा आउनुस्, काम र अनुभव हाशिलगर्दै नेतृत्वमा पुग्न सकिन्छ भन्नुभएको थियो । उहाँले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकै पटक नबनेको प्रशङ्ग उल्लेखगर्दै उहाँले रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने भनाइ राख्नुभएको थियो । कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए । त्यस अवसरमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो । त्यसैगरी अर्को एक समाचारअनुसार प्रधानमन्त्रि ओलीले सही बिचार बिना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखापर्दै आए । खास बैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ । पार्टी प्रवृत्तिभने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको बिचारले कम्युनिष्टहरु निरंकुश हुन्छन्भन्ने हामीमाथिको आरोपलाई खण्डन ग¥यो । यो बिचार राजनीतिक लोकतन्त्रका लागिमात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आक्यांक्षा पूरागर्न हामी लाग्नुपर्नेछ भन्नुभएको थियो । प्रधानमन्त्री ओलीले आफूहरुले शक्तिको श्रोत जनतानै हुन्भन्ने मान्यताकासाथ जनताको शासन कायमगर्न खोजिएको उल्लेखगर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको बताउनु भएको थियो । उहाँले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिने पार्टी ढाल्न सकिन्छभन्ने तत्वहरुले अनेक षड्यन्त्र गरेपनि एमाले हरेक परिस्थितिको सामनागर्न तयार रहेकाले कार्यकर्ताहरुलाई एकताबद्ध भएर ढुक्का साथ अघिबढ्न आग्रह पनि गर्नुभएको थियो । कार्यक्रममा पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
