काठमाडौं । भारत–पाकिस्तान तनाव बढ्दैगएको अवस्थामा काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्रि केपी ओलीसँग भेट गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुकाबीचमा भेट भएको हो । भेटमा राजदूत श्रीवास्तले भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको थियो । कश्मिरको पहलगाममा गत अप्रिल २२ मा आक्रमण भएको थियो । सो घटनामा एक नेपालीसहित २८ जनाले ज्यान गुमाएका थिए । श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरे पनि जेट हमला गरेकोभन्ने प्रचार झुटो भएको बताउनु भएको थियो । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट गत बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेखगर्दै सबै प्रकारका आतंकवाद विरुद्ध आफूहरुको बिरोध रहेको बताउनु भएको थियो । उहाँले त्यसक्रममा नेपालले कुनै पनि द्वन्दरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरुविरुद्ध आफ्नो भूमि प्रयोगगर्न नदिने बताउनु भएको थियो ।
भारत–पाकिस्तान तनाव बढ्दो, भारतीय राजदूतद्वारा प्रधानमन्त्रि ओलीसँग भेट
२६ बैशाख २०८२, शुक्रबार १७:०४
