काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र ग्रेटर नेपाल कम्युनिष्ट पार्टीले बैशाख ३० गते नेपालमाथिको हस्तक्षेप बन्दगर्न मागगर्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरे । प्रदर्शनमा नेपाली भूमि भारतमापार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीयरुपमा तटबन्ध निर्माण गरिरहेकोभन्दै बिरोध जनाइएको थियो । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मूर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फिर्ता गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सो प्रदर्शनको अग्रभागमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लगायतका नेताहरु रहनु भएको थियो ।
नेपालमा भारतीय हस्तक्षेप र अतिक्रमण बिरुद्ध भारतीय दूतावास अगाडि प्रदर्शन
३० बैशाख २०८२, मंगलवार २१:०८
