काठमाडौं,१ जेठ । मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले सत्य निरुपण आयोगको र बेपत्ता आयोगमा पदाधिकारीहरुको नियुक्त गरेको छ । जसअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलालाई अध्यक्ष नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छभने गड्तौला पूर्वमुख्य सचिव हुनुहुन्छ । मन्त्रिपरिषद बैठकले दुई आयोगमा अध्यक्षहरु बाहेक थप चार,चार जना सदस्यहरु पनि नियुक्त गरेको छ । आयोगका पदाधिकारीहरुको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुने बताइएको छ । द्वन्द पीडितहरुको सुझावअनुसार पदाधिकारी छनोट नभएकोभन्दै बिरोध पनि शुरु भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग
१. महेश थापा, अध्यक्ष
२. अच्युत प्रसाद भण्डारी, सदस्य
३. टिकाप्रसाद ढकाल, सदस्य
४. पदमबहादुर शाही, सदस्य
५. कुमारीकौशल्य ओझा, सदस्य
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
१. लिलादेवी गड्तौला, अध्यक्ष
२. गोपालनाथ योगी, सदस्य
३. अग्निप्रसाद थपलिया, सदस्य
४. सिर्जना पोखरेल, सदस्य
५. विनिता नेपाली, सदस्य
सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त, द्वन्द पीडितहरु असन्तुष्ठ
२ जेष्ठ २०८२, बिहीबार ०७:३३
