काठमाडौं, ३ जेठ । काठमाडौंमा आज दोश्रो दिन पनि सगरमाथा सम्वाद अभियान जारी रहने भएको छ । हिजो प्रधानमन्त्रि केपी ओलीले पृथ्वी, महासागर र मानवता जोगाउन सबै सक्रिय हुनुपर्ने अवस्था आएको दाबि गर्नुभएको थियो । हिजो काठमाडौंमा पहिलोपटक आयोजित सगरमाथा सम्वादको उद्घाटन सत्रलाई सम्बोधनगर्दै उहाँले यही यथार्थभित्र इमानदार सम्वाद र आपसी ज्ञान साटासाटगर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वाेच्च शिखर सगरमाथाको नामबाट सम्वादको जन्म भएको उल्लेख गर्नुभएको थियो । उहाँले आशा गर्छौं, यो सम्वाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस भन्नु भएको थियो । कोप २९ का अध्यक्षता तथा जलवायु मुद्धाहरुमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषणदिँदै जलवायु परिवर्तनका धेरै आयामहरु र पहाडहरुमा पर्ने प्रभावलाई सम्बोधनगर्न आवश्यक विकल्प र समाधानबारे टिप्पणी गर्नुभएको थियो । त्यसैगरी भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले सत्रलाई सम्बोधनगर्दै पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पार्नुभएको प्रेस ब्रिफिङमा मन्त्री डा. देउवाले बताउनुभएको थियो । उक्त सत्रलाई सम्बोधनगर्दै जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिनुभएको थियो । त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गर्नुभएको थियो । कुल १९ प्रतिनिधिमण्डलहरु (१३ राष्ट्रिय र छ क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरुको तर्फबाट) ले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरुलाई प्रकाशपार्दै आफ्ना वक्तव्यहरु दिनुभएको थियो । चीनको जनकांग्रेसका स्थाई कमिटीका उपाध्यक्ष सिआओ चीले जलवायु परिवर्तन न्यूनीकरणका लागि चीनले जिम्मेवार ठूला राष्ट्रकारुपमा आफ्नो भूमिका जारीराख्ने बताउनुभएको थियो । त्यसैगरी भारतको वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले पर्वतीय मुलुक र ती मुलुकका बासिन्दाहरुलाई भविष्यमा जटिल वातावरणीय रुपमा समस्या उत्पन्न हुनसक्ने भन्दै पर्वतीय मुुलुकहरु एकै ठाउँमा उभिएर जलवायुजन्य सङ्कट समस्याका लागि संयुक्त कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सम्वादलाई सम्बोधन गर्नुभएको भिडियो प्रस्तुत गरिएको थियो । आज महत्वपूर्ण छलफल हुने र भोली आइतबार समापन गरिने भनिएको छ ।
काठमाडौंमा आज दोश्रो दिन पनि सगरमाथा सम्वाद अभियान जारी रहने
३ जेष्ठ २०८२, शुक्रबार ०७:०१
