काठमाडौं, २५ असोज । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीगर्ने निर्णय गरेको थाहा भउको छ । छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय संगठन सक्रिय बनाउने निर्णय गरेको हो । संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरुको सहकार्य र एकता टुंगो लगाउने कार्यसूची बैठकले पारित गरेको छ । बैठकमा मुलुकको समसामयिक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षागरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा जनवर्गीय संगठनहरुले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको बताइएको छ ।