काठमाडौं,३ मंसिर । सिपि गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले बर्तमान सरकार र संसदीय ब्यवस्थाको देशब्यापि भण्डाफोर शुरु गरेको छ । यसैक्रममा सो पार्टीको जिल्ला समिति नवलपरासीले जिल्ला सदरमुकाम परासी सहित छस्थानमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको छ । हिजो मंगलवार पार्टीले चारवटा पालिकाको छ वटा बजारमा बिरोध प्रर्दशन सहित कोणसभा गरेको थियो । साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने नाराकासाथ बर्दघाट, सुनवल र रामग्राम नगरपालिका एंव सरावल गाउँपालिकाको मुख्य बजारहरुमा पार्टीले बिरोध प्रर्दशन गरेको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

बर्दघाटको भुताहाबजारको चोक र भटौलिया बजार , सुनवलको भुमही बजार र सोमनाथ हाटबजार, जिल्ला सदरमुकाम परासीस्थित बुद्धचोक र सरावल गाउँपालिकाको केन्द्रमा पार्टीले भण्डाफोरसहित बिरोध कार्यक्रम गरेको उहाँको भनाई छ । त्यस्तै सुनवलको सोमनाथ हाटबजारमा आयोजित कोणसभालाई सम्बोधनगर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेयले जेनजी बिद्रोहलाई प्रयोग गरेर बैदेशिक शक्तिहरुले राष्ट्रिय स्वाधीनतालाई प्रहार गरेको बताउनुभएको थियो ।

उहाँले संसदीय ब्यवस्था मुठ्ठीभर दलालहरुको ब्यवस्था रहेको उल्लेख गर्दै भष्ट्रचारको जननीनै संसदीय ब्यवस्था रहेको चर्चा गर्नुभएको थियो । सो पार्टीले गत कार्तिक २८ गते देखि मंसिर पाँचगते सम्म भण्डाफोरका कार्यक्रम र मंसिर सात गते बुटवलमा आयोजित जनसभालाई बृहत बनाउने योजनासहित कार्यक्रम निर्माण भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले जनाएको छ ।