काठमाडौं,३ मंसिर । मधेस प्रदेशसमा दलीय भाँडभैलो कायमै रहेको छभने प्रदेशसभा समेत अन्योलमा परेको छ । बिभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरुले उपसभामुख बबिता राउत इसरलाई भेटी ज्ञापनपत्र बुझाउँदै प्रदेशसभा बोलाउन माग गर्नुभएको छ । सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादा अनुकूल आचरण नगरेको प्रस्ताव दर्तारहेका अवस्थामा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उपसभामुखलाई भेटेर प्रदेशसभा सञ्चालनको माग गर्नुभएको हो । विपक्षी दलहरुकातर्फबाट प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित उपसभामुख राउतलाई मागपत्र हस्तान्तरणगर्दै आज तीनगते बुधबार प्रदेशसभाको बैठक बोलाउनका लागि माग गर्नुभएको थियो ।

प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानूनी प्रावधान रहेको छ । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल विरुद्धमा दर्ताभएको महाअभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउका लागि सात दलबाट माग भएको छ । सभामुखमाथि दर्तागरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउन आफूहरुले प्रदेशसभा सञ्चालनको माग गरेको विपक्षी दलका नेताहरुले बताएका छन् ।