काठमाडौं,३१ असोज । नेपालको सुरक्षा व्यवस्थाबारे भारतको जरुरी विहारमा बैठक बसेको थाहाभएको छ । जेनजी आन्दोलनका नाममा भएको बिध्वंशका क्रममा सुरक्षा अंगबाट लुटिएका हतियार र भागेका अपराधीहरुको अवस्था अज्ञात रहेकोभन्दै भारतले नेपालको फितलो सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको सूत्रहरुले उल्लेख गरेका छन् । भारतीय प्रहरीले नेपालको सीमा क्षेत्रका कड्याइगर्न र भारततर्फ अपराधी आउन नदिन नेपालको सशस्त्र प्रहरीसँग सहयोग समेत मागेको छ । भारतको बिहार प्रदेशसँग सीमा जोडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक) लाई गत बुधबार भारतको बिहारमा बोलाएर छलफल गरिएको थाहा भएको छ । बिहारसँग सीमा जोडिएका तथा त्यससँग सम्बन्ध राख्ने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजीहरु बिहार प्रदेश पुग्नुभएको थियो । मधेश प्रदेशबाट कृष्ण ढकाल, कोशीबाट एसएसपी विक्रम हुँमागाँई, बागमतीबाट अञ्जनी पोखरेल, गण्डकीबाट दीपेन्द्र शाह सहभागी हुनुभएको बताइएको छ ।

त्यसैगरी बारा, पर्सा, रौतहट र धनुषाका गणपतिहरुपनि सो बैठकमा सहभागी हुनुभएको बताइन्छ । भारतको बिहारमा हुनगइरहेको विधानसभा निर्वाचनलाई मध्यनजरगर्दै सशस्त्र उक्त बैठकको आयोजना गरिएको जानकारहरुले बताएका छन् । बिहारमा आगामी कात्तिक २० र २५ गते विधान सभाको निर्वाचन हुँदैछ । जेनजी आन्दोलनकाक्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी बिहारको निर्वाचनमा दुरुपयोग नहोस्भनेर भारतीय पक्षले विशेष चाँसो राखेको पाइएको छ । भारतीय पक्षले विहारमा हुने निर्वाचन अवधिभर सीमामा निगरानी, गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन आग्रह गरेको थाहाभएको छ ।