काठमाडौं,३१ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । गत २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी महामन्त्री गगनकुमार थापाले बैठकमा बिभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभउको थियो ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरु डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरुबराल र नृपबहादुर वडले आआफ्नो धारणा राख्नुभएको थियो । पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारीरहेको र कार्यसमितिको बैठक शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले बताउनुभएको हो । नेपाली कांग्रेसले संसद पुनस्थापना भएमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र नभएमा देशब्यापि रुपमा निर्वाचनको तयारगर्ने नीति अगाडि सारेको बताइएको छ ।