काठमाडौं,१ मंसिर । कांग्रेस, एमाले र पूर्ब माओवादीलाईनै बोकाएर राजा ल्याउने राप्रपाको भित्री योजना सार्बजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त योजनाको खुलाशा गर्नुभएको हो । राप्रपाको पोखरा महानगरको अधिवेशनलाई आज सम्बोधनगर्दै उहाँले उपरोक्त कुरा बताउनुभएको हो । उहाँले आफूहरुले ल्याउने राजा राप्रपाकोमात्रै हुने भएकोले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरुलेनै बोकेर ल्याउने दाबी पनि गर्नुभएको थियो । जेनजी आन्दोलनकै क्रममा राजसंस्था ल्याउनुपर्ने आवाज उठे पनि समय आएपछिमात्रै कदम चाल्नुपर्ने उहाँको तर्क थियो ।

उहाँले राजा, राजनीतिक दल र जेन्जीकाबीचमा एउटा सर्वपक्षीय सम्मेलन गरेर नेपाललाई सुहाउँदो मौलिक व्यवस्था निर्माणगर्न जरुरी रहेको तर्क पनि गर्नुभएको थियो । उहाँले आगामी फागुन २१ को चुनावअघिनै देशलाई निकास दिनुपर्ने अवस्था रहेको बताउनुभएको थियो । उहाँले हालको अवस्थामा चुनावको कुनै औचित्य नरहेको बताउँदै चुनाव भयोभने एउटा राष्ट्रिय पार्टीको हिसाबले आफूहरु पनि चुनावमा भाग लिने तयारीमा रहेको खुलाशा पनि गर्नुभएको थियो । उहाँले आगामी चुनाव अगाडि नै देशले एउटा निकास पाउनुपर्छभन्ने ठानेर पार्टीको केन्द्रीय समिति बैठक डाकिएको उहाँको भनाई थियो । गाउँ गाउँमा गणतन्त्रवादी दलहरुलाई जनताले अस्वीकार गरेको बताउँदै उहाँले अवस्थामा राप्रपा प्रमुख हुने दाबि पनि गर्नुभएको थियो ।