काठमाडौं,१ मंसिर । लोकनारायण सुवेदीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी र अम्बिकाप्रसाद थैबको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) बीच आज पार्टी एकता भएको छ। काठमाडौंको सम्वाद डबलीमा आयोजित एकता कार्यक्रममा, संयोजक लोकनारायण सुवेदीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपाको नाममा बलमिच्याइँ गरेको आरोप लगाउँदै कानूनी उपचारका लागि सर्वोच्च अदालत जाने बताउनुभएको थियो ।

त्यसैगरी अम्बिकाप्रसाद थैबले वर्तमान राजनीतिक संकटलाई ध्यानमा राखेर पार्टी एकता गरेको बताउनुभएको थियो । एकतापछि बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीनै रहेको छभने पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद र माओविचारधारा राखिएको छ ।