काठमाडौं, २ मंसिर । बैंकहरुमा ११ खर्बभन्दा बढी रकम थ्रुपिउको तर लगानीको वातावरण तयार हुन नसकेको बताउन थालिएको छ । यसैक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयारगर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानीगर्न लगानीको वातावरण आबश्यक रहेकामा जोड दिनुभएको छ । उहाँले एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छभने कतिपय आयोजनामा लगानी नभएर बेवारिसे छन् । जसलेगर्दा आयोजनाको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आबश्यक छ । त्यसका लागि लगानीको वातावरण तयार गर्नुपर्दछ भन्नुभएको छ । उहाँले नियमनकारी निकायले पनि प्रभावकारी ढंगले काम नगर्दा समस्या सिर्जना भएको उल्लेखगर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म काम प्रभावित भए भनेपछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन नसकेकाले यसमा सुधार हुनु जरुरी भएकाले यस्तो प्रवृत्तिले लगानीको वातावरणमा नै असरपर्ने अध्यक्ष ढकालको भनाइ छ । धितोपत्र बोर्डले लामो समय जलबिद्युत आयोजनालाई आइपिओ निष्कासनगर्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै अध्यक्ष ढकालले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउनसमेत अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले असल नियतका साथ जेनजी आन्दोलन भएको भएपनि आन्दोलनमा घुसपैठ भएकोभन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारणसभामा पनि पारित गरेको थियो ।

जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो । तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको भन्नुभएको छ । घुसपैठ गर्नेलाई सरकारले कारबाही नगर्ने होभने व्यवसायीसँगै आमनागरिकको मनोबल खस्किँदै जाने बताउनु भएको छ ।