काठमाडौं,२६ माघ । काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेको खुलाशा भएको छ । एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी ओलीले आज झापामा उपरोक्त खुलाशा गर्नुभएको हो । झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताउनु भएको थियो । उहाँले हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन। आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन फेरि लड्नको लागि। किन यहाँ आउनुप¥यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ भन्नुभएको थियो ।
अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडीभन्ने कुरा सुन्न आएको बताउनु भएको थियो । उहाँले मैले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु। त्यस्तो कुरा गर्नु हुँदैन । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो भन्नुभएको थियो । उहाँले देश बनाउन जातले होइन्, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ। त्यसकारण जातका कुरा गरेर हिँड्नु हुँदैन पनि भन्नुभएको थियो ।