बैंकक, २६ माघ । थाइल्यान्डका प्रधानमन्त्रीको दल भुमजैथाईले हिजो आइतबार सम्पन्न देशको आम निर्वाचनमा विजयको दिशामा अघि बढेका र उहाँको राष्ट्रवादी पार्टी संसदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी हुने टेलिभिजन च्यानलहरुले प्रारम्भिक मतगणनालाई आधार बनाएर प्रक्षेपण गरेका छन् । पार्टीहरुको मतपरिणामको आधारमा च्यानल ३ ले अनुतिन चर्नविराकुलको भुमजैथाईले करिब २०० सिट जित्ने भविष्यवाणी गरेको छ । त्यसैगरी, प्रगतिशील पिपुल्स पार्टी (पिपिपी) प्रतिस्पर्धामा धेरै पछाडि देखिएको छ । पिपिपीले यो निर्वाचनबाट १०० सिटभन्दा पनि केही कम सदस्यद्वारा संसद्मा प्रतिनिधित्वगर्ने देखिएको छभने जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी तेस्रो स्थानमा आउने देखिएको छ । गत चुनावमा तेस्रो स्थानमा आएको भुमजैथाइ र फेउ थाईका दुई पूर्ववर्तीहरुलाई अदालतले अपदस्थ गरेपछि सेप्टेम्बरमा संसद्ले प्रधानमन्त्रीकोरुपमा नियुक्त गरेका अनुतिनका लागि यो आश्चर्यजनक परिवर्तन हुनेछ । हार स्वीकारगर्दै पिपुल्स पार्टीका नेता नथाफोङ रुएङपान्यावुतले बैंककमा पत्रकारहरुलाई हामी पहिलो स्थान हासिलगर्ने पार्टी र सरकार गठनको अधिकारलाई सम्मान गर्ने हाम्रो सिद्धान्तमा अडिग छौँ भन्नुभयो । धेरै मतदाताहरुको दिमागमा सबैभन्दा महत्त्वपूर्ण कम्बोडियासँगको लामो समयदेखि चलिरहेको सीमा विवादले सताइरहेका समय यसलाई सल्टाउनसक्ने नेतृत्व आवश्यक देखेका थिए । थाइल्याण्डले गत वर्ष दुई पटक घातक लडाइँको सामना गरेको थियो ।

अनुतिनको गृहनगर बुरिरामको मतदान केन्द्रमा मतदान गर्ने पहिलो मतदाता ६४ वर्षीय युएर्नयोङ लुनबुटले हामीलाई एक बलियो नेता चाहिएको छ, जसले हाम्रो सार्वभौमिकताको रक्षा गर्न सकोस् भन्नुभयो । उहाँले यहाँ बस्दा सीमा द्वन्दले मलाई चिन्तित बनाएको छ । युद्ध कहिल्यै पनि हामीले सोच्ने कुरा थिएन भन्नुभयो । पदभार ग्रहण गरेलगत्तै अनुतिनले सरकारलाई सिफारिस नगरी सशस्त्र बललाई सीमामा आवश्यक कदम चाल्न आदेश दिनुभएको थियो । गत डिसेम्बरमा भएको पछिल्लो लडाइँमा थाइल्यान्डको सेनाले केही विवादित क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो र अहिले युद्धविराम शुरु भएको छ । सोही मतदान केन्द्रमा मतदान गरेपछि निर्माण क्षेत्रका उद्यमी र गाँजाको वैधानिकीकरणको वकालतगर्ने एक शौखिन जेट विमान भालक अनुतिनले पत्रकारहरुसँग भन्नुभएको थियो–मलाई आशा छ, मतदाताहरुले हामीलाई विश्वास गर्नेछन् ।

थाईल्याण्डको नयाँ सरकारले पनि धेरै छिमेकी देशहरुबाट सञ्चालित अरबौँ डलरको अन्तरदेशीय साइबर घोटाला नेटवर्कका कारण कमजोर आर्थिक वृद्धिसँग संघर्ष गर्नुपर्नेछ, यहाँ पर्यटन क्षेत्र महत्वपूर्ण छ तर अझै कोभिड पूर्वको उच्च विन्दुमा फर्कन सकेको छैन । भुमजैथाईले ५०० सिटको तल्लो सदनमा समग्र बहुमत प्राप्त गर्ने सम्भावना नदेखिए पनि यसको सिट हिस्साले गठबन्धन वार्तामा उसलाई अग्रस्थानमा उभ्याउनेछ । थाइल्यान्डमा मिश्रित प्रतिनिधित्व प्रणाली छ, जहाँ ४०० सांसदहरु प्रत्यक्ष निर्वाचन क्षेत्रबाट निर्वाचित हुन्छन् र १०० जना पार्टी सूचीका लागि छुट्टै समानुपातिक निर्वाचनबाट चयन (निर्वाचित) हुन्छन् । यसअघि तीन वर्ष पहिले मुभ फरवार्ड पार्टी रहेको पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेको थियो, तर यसले उठाएका मुद्धाका कारण पार्टीको तर्फबाट अघिसारिएका उम्मेदवारलाई प्रधानमन्त्री बन्नबाट रोकिएको थियो र पछि पार्टी विघटन गरिएको थियो। रासस, एएफपी