
जेनेभा, ५ वैशाख । संयुक्त राष्टसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जेलमा रहेकी म्यानमाकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई तत्काल र बिना शर्त रिहाइको माग गरेका छन् । नेतृ सुकीको सजाय हिजो शुक्रबार घटाएपछि तुर्कको यो भनाइ आएको हो । एकदशक लामो प्रजातान्त्रिक प्रयोगले नागरिक राजनीतिज्ञहरुलाई अस्थायी नियन्त्रण दिनुअघिस्वतन्त्रतापछिको इतिहासमा लगभग सबै समय सेनाले बलपूर्वक शासनगर्दै आएको छ । सैनिक जनरलहरुले सन् २०२१ मा भएको ‘कू’ मा ८० वर्षीया आङ सान सुकीको सरकारलाई अपदस्थ गरी सत्ता फिर्ता लिएका थिए । उहाँले एक्समा सेनाले ‘कू’ पछि अन्यायपूर्णरुपमा हिरासतमा लिइएका सबै स्टेट काउन्सिलर आङ सान सुकीसहित नेताहरु तत्काल र बिना शर्त रिहा गरिनु पर्छ भन्नुभएको छ । एक विज्ञप्तिमा म्यानमाका सबै जनताविरुद्ध निरन्तर हिंसाको अन्त्य हुनुपर्छ ।
आङ सान सुकीलाई आममाफीको एक हिस्साका रुपमा शुक्रबार उहाँको सजाय घटाइएको उहाँको मुद्दा निकट स्रोतले एएफपी समाचार समितिलाई बताएको छ । म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सैन्य शासनपछि दोषी ठहर गरिएको उल्लेख छ ।
तुर्कले भन्नुभयो, मिन्ट र अन्य कैदीहरुको हिरासतबाट भएको रिहाइबाट विपक्षीहरुले लामो समयपछि राहत पाएका छन् । मिन्टले सन् २०१८ देखि राष्ट्रपतिका रुपमा सेवा गर्नुभएको थियो तर ‘कू’ पछि उहाँलाई जेल चलान गरिएको थियो । नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुकी अझैपनि हिरासतमा रहनुभएको छ तर उहाँको २७ वर्षको सजाय कटौति गरिएको छ । रासस,एएफपी