काठमाडौं, ५ वैशाख । एमालेले पार्टी स्थापना दिवस बिभिन्न रचनात्मक कार्यक्रम आयोजनागरी मनाउने निर्णय गरेको थाहा भएको छ । प्राप्त समाचारअनुसार सो पार्टीको केन्द्रीय कार्यालयको हिजोको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगनगर्दै पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजनागर्ने निर्णयगर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो । बैठकले सबै जिल्ला कमिटीहरुले आगामी नौ गते सबै जिल्लामा अनिवार्यरुपमा बिभिन्न रचनात्मक कार्यक्रम आयोजनागर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख नौगते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ । बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको गिरफ्तारीका सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तयभएका कार्यक्रम स्थगितगर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीले सर्वाेच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको बताइएको छ ।