काठमाडौं, ५ वैशाख । नेपालको डिजिटल तथा व्यावसायिक इकोसिस्टममा महत्वपूर्ण उपलब्धिकारुपमा विज्ञापन सेवालाई औपचारिकरुपमा एकीकृत अनलाइन खरिद प्लेटफर्मका रुपमा थालनी गरिएको छ । एक औचारिक कार्यक्रममार्फत हिजो शुरु गरिएको यस प्लेटफर्मले बिभिन्न क्षेत्रहरुमा हुने खरिद प्रक्रियालाई आधुनिक, सरलीकृत तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद सिर्जना श्रेष्ठ, आइएस अन्तरराष्ट्रिय गैरसरकारी संस्था महासंघका अध्यक्ष डा एसपी कलौनी, गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईलगायतले यस प्लेटफर्मले एक केन्द्रीकृत डिजिटल बजार प्रणालीको विकास गरेको बताउँदै यसले संस्थाहरुलाई एकै, सरल र प्रभावकारी इन्टरफेसमार्फत धेरै आधिकारिक सेवा प्रदायकहरुसँग जोड्ने उल्लेख गर्नुभयो । परम्परागत खरिद प्रणालीमा देखिँदै आएका दीर्घकालीन संरचनात्मक समस्याहरु जस्तै सीमित पहुँच, समय लाग्ने समन्वय प्रक्रिया, मूल्य पारदर्शिताको अभाव तथा सेवा प्राप्तिमा हुने असक्षमतालाई समाधानगर्नु यस पहलको मुख्य उद्देश्य हो ।
विज्ञापन सेवामार्फत प्रयोगकर्ताहरुले आफ्नो खरिद आवश्यकताहरु सार्वजनिकगर्न सक्नेछन् र प्रमाणित सेवा प्रदायकहरुको नेटवर्कबाट प्रतिस्पर्धात्मक प्रस्तावहरु प्राप्त गर्न सक्नेछन् । यसले सूचित निर्णय प्रक्रिया, लागत दक्षता र गुणस्तरीय सेवा सुनिश्चितगर्न सहयोग पु¥याउँनेछ । सेवाका प्रमुख नवप्रवर्तक खिमानन्द देवकोटा भन्नुभयो–विज्ञापन सेवा केवल एउटा डिजिटल प्लेटफर्ममात्र होइन यो नेपालमा खरिद प्रक्रियाको संरचनात्मक रुपान्तरण हो । हाम्रो दृष्टिकोण खण्डित र समय खपतगर्ने प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र प्रविधिमा आधारित प्रणालीले प्रतिस्थापनगर्नु हो, जसले संस्था र सेवा प्रदायक दुवैलाई समान रुपमा सशक्त बनाउँछ ।
यो प्लेटफर्म निजी क्षेत्रका कम्पनीहरु, विकास साझेदार संस्थाहरु, साना तथा मझौला उद्यम तथा व्यक्तिगत ग्राहकहरुलाई लक्षितगरी विकास गरिएको हो । डिजिटल खरिद प्रणालीमार्फत विज्ञापन सेवाले कार्यगत दक्षता बढाउने, समय बचतगर्ने तथा खरिद प्रक्रियामा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । साथै, यसले सबै सेवा प्रदायकहरुलाई समान अवसर प्रदान गर्दै प्रतिस्पर्धात्मक र समावेशी बजार प्रणालीलाई प्रवर्द्धन गर्दछ, जसले सेवाग्राहीहरुलाई छनोटको विकल्प, नियन्त्रण र सहजता प्रदानगर्ने उहाँले बताउनुभयो । रासस