काठमाडौं, ५ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँले अर्थ मन्त्रालयमा हिजो राजीनामापत्र बुझाउनुभएको हो । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभएको छ । सरकारलाई सहयोगगर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ ०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुनुभएको थियो ।