काठमाडौं, ५ कात्तिक । अमेरिकाले बिभिन्न देशका तीनलाख बढीको भिसा रद्धगरेको थाहाभएको छ । प्राप्त समाचारअनुसार त्यहाँको संघीय सरकारले तीव्रबनाएको अध्यागमन सम्बन्धी कडा नीतिका बीच विदेश मन्त्रालयले मंगलबार यसको जानकारी दिएको हो । सार्वजनिक गरिएको तथ्यांकले पछिल्ला हप्ताहरुमा भिसा रद्धगर्ने क्रम थप तीव्र बनेको देखाउँछ । यसअघि गत साउन २५ मा मन्त्रालयले सन् २०२५ जनवरीमा ट्रम्पको वर्तमान कार्यकाल शुरु भएयता १७५,००० भन्दा बढी भिसा रद्धगरिएको जनाएको थियो ।
राष्ट्रपति ट्रम्पले अध्यागमनमा गरिएको कड्याइ र देशनिकाला अभियानको उद्देश्य आन्तरिक सुरक्षामा सुधार ल्याउनु रहेको बताएका छन् । तर अधिकारकर्मीहरुले भने यो कड्याइले कानून अनुसार पाउनुपर्ने उचित प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको हक हनन गरेको आरोप लगाएका छन् । त्यसले विशेषगरी अल्पसंख्यक समुदायका लागि असुरक्षित वातावरण सिर्जनागरेको र उनीहरुमाथि नश्लीय व्यवहारको जोखिम बढाएको उनीहरुको भनाइ छ ।
विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्समा पछिल्लो तथ्यांक सार्वजनिकगर्दै ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा तीव्रगतिमा सबैभन्दा बढी भिसा रद्धगरेको दाबी गर्नुभएको छ । उहाँले कानून उल्लंघनगर्ने, ठगीगर्ने वा हाम्रो राष्ट्रिय सुरक्षामा आँच पु¥याउने भिसावाहक विदेशीहरुप्रति प्रशासनको शून्य सहनशीलता छ भन्नुभयो ।
अधिकारकर्मीहरुले विशेषगरी गाजा क्षेत्रमा अमेरिकी सहयोगी राष्ट्र इजरायलले गरेको आक्रमणको विरोधमा प्रदर्शनगर्ने प्यालेष्टाइन समर्थक विदेशी प्रदर्शनकारीहरु र कन्जर्भेटिभ टिप्पणीकार चार्ली किर्कको हत्यासम्बन्धी सामाजिक सञ्जालमा टिप्पणीगर्ने विदेशीहरुको भिसा रद्धगरिएको विषयमा कडा आपत्ति जनाएका छन् । विदेशी प्रदर्शनकारीहरुलाई देशनिकालागर्ने प्रयासका अतिरिक्त ट्रम्प प्रशासनले आप्रवासी र भिसा आवेदकहरुका सामाजिक सञ्जालको निगरानी प्रक्रियालाई थप कडाबनाएको छ ।