
काठमाडौं, ५ कात्तिक । एमालेका केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधन भएको छ । गुल्मीको थोर्गामा जन्मिएर नेपालगञ्जलाई आफ्नो मुख्य कर्मथलो बनाउनुभएका गौतम बाँकेमा कम्युनिष्ट आन्दोलनका अग्रज नेताकारुपमा परिचित हुनुहुन्थ्यो । ०५४ सालमै एमालेको बाँके जिल्ला कमिटीको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका गौतमले लामो समयसम्म पार्टी संगठन निर्माण र राजनीतिक–सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।
उहाँको निधनप्रति एमालेका महासचिव शंकर पोखरेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ । महासचिव पोखरेलले पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्व प्रदेशसभा सदस्य गौतमको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।