काठमाडौं, ५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट हिजो डिस्चार्ज हुनुभएको छ । उहाँ सामान्य हृदयाघात (माइनर अट्याक) भएपछि गत आइतबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

खनालको उपचारमा डा. रोशन राउत नेतृत्वको मेडिकल टोली खटिएको थियो । खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केहीदिन घरमै आराम गरेपछि उहाँ पुनः सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।