काठमाडौं, ४ कात्तिक । आज बडा दशैंको टिका लगाइँदै छ । नेपालमा उत्तम साइत बिहान १०ः२६ बजे तोकिएको छभने बिभिन्न देशको साइत सार्बजनिक गरिएको छ । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहणगर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभएको छ । विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपने बताइएको छ ।
त्यसो गर्दा लगाइमाग्नेको सम्मुखमा पर्ने हुन्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने बताइन्छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र पूर्ब राजा ज्ञानेन्द्र शाहले सर्बसाधारणलाई टिका नलगाउने हुनु भएको छ । उहाँहरुले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षतिभएका र असहज परिस्थिति सिर्जना भएकाले यसवर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने हुनुभएको हो ।
आज नेपालबाहिर भौगोलिक दूरी र समय अन्तरका कारण विभिन्न देशमा फरक,फरक मिति र समयमा टीकाको साइत रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबासगर्ने नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै यसवर्षको बडादशैँका लागि नेपालसहित २३ देशका लागि टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। टीकाको साइत निर्धारणगर्दा स्थानविशेषको सूर्योदयको समय र दशमी तिथिको आधारलाई मुख्य रुपमा लिने गरिएको छ । स्थान विशेषको समय र तिथिको भिन्नताका कारण विभिन्न देशमा टीकाको दिन र समय फरक हुने गरेको छ ।
