काठमाडौं, ५ कात्तिक । आज एमालेकी नेतृ बिद्या भण्डारी औपचारिक भ्रमणमा एक प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्नुभएको छ । । यही अक्टोबर २३–२५ मा चीनको हप्बे प्रदेशस्थित स्योङआन नयाँ क्षेत्रमा आयोजना हुनलागेको ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकाक्रममा फोरममा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधारकासाथै प्रविधिका नयाँ चुनौतीहरुका विषयमा गहन छलफल हुनेछ ।

यसका साथै प्रतिनिधिमण्डलले चीनको आधुनिक नमुना शहरकारुपमा विकसित भइरहेको स्योङआनको अवलोकनगर्नुकासाथै बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुसँग द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफलगर्ने कार्यक्रम रहेको छ । भण्डारीका स्वकीय सचिव राजकुमार राईकाअनुसार फोरममा विशिष्ट अतिथिकारुपमा सम्बोधनगर्न भण्डारी चीन जान लाग्नुभएको हो ।

चाइनिज पिपल्स इन्ष्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको सो फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक र मिडियाका प्रतिनिधिहरु सहभागी हुनेछन् । सीपीआईएफएले गत शुक्रबार दिएको जानकारीअनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित गरिसकेका छन् ।