
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह आज पोखराबाट मुस्ताङ जाने भनिएको छ । तर आज बिहान यो समाचार तयारगर्दासमम्म उहाँ पाखरामै रहनुभएको बताइएको थियो । उहाँको भ्रमण रहस्यमय रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । पारिवारिक भनिएको भ्रमणका सिलसिलामा उहाँ हिजो अपरान्हदेखि पोखराको माछापुच्छ्रे–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा रहेर बिभिन्न ब्यक्ति र ब्यक्रित्वहरुसँग छलफलमा जुट्नु भएको थियो । बाहिर रातभरी नै कडा सुरक्षा प्रबन्ध गरिएको थियो । हिजो दिउँसै प्रधानमन्त्री वालेन्द्र अस्ताम पुग्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पुष्टि गर्नुभएको थियो ।
प्रधानमन्त्री वालेन्द्र परिवारका सदस्यसहित काठमाडौंदेखि सडकमार्गहुँदै हिजो पोखरा पुग्नुभएको हो । प्रधानमन्त्रिको टोलीमा सुरक्षाकर्मीसहित दुईदर्जनभन्दा बढी ब्यक्तिहरु रहेको बुझिएको छ । प्रधानमन्त्रीकातर्फबाट केही दिनअघि नै रिसोर्टका तीनवटा बङ्गला बुक गरिएको जानकारहरुले बताएका छन् । प्रधानमन्त्रि वालेन्द्र हिजो पोखरा पुग्नै लाग्दा यता काठमाडौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्रको मुस्ताङ भ्रमण निजी रहेको जनाएको थियो ।
सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले हिजो आयोजित एक पत्रकार सम्मेलनमा उपरोक्त जानकारी दिनुभएको थियो । हिजै काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका बिभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरु सार्वजनिक गरिएको थियो । जसमा यसअघिका कुनैपनि सरकारले गर्न नसकेका काम बर्तमान सरकारले गरेको जताततै विकासै विकास भएको दाबि गरिएको थियो ।