काठमाडौं,६ भदौ । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले रास्वपा दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधि पार्टी भएको बताउनु भएको छ । पार्टीको कोशी प्रदेश समितिले आज शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप समेत लगाउनु भएको थियो । उहाँले ०६२–६३ को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पूँजीपति वर्गको मुख्य प्रतिनिधिका रुपमा रहेकोमा अहिले सत्तारुढ दल रास्वपा त्यस्तो शक्तिकारुपमा अघिआएको दाबी गर्नुभएको थियो ।

उहाँले बर्तममान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको आरोपसमेत लगाउनुभएको थियो । विगतमा कम्युनिष्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको पनि बताउनु भएको थियो ।