
काठमाडौँ, ६ भदौ । राप्रपामा भाँडभैलो शुरुभएको छभने लिङदेन र कमल थापा समूह फेरी बिभाजन हुने सकेत देखिएको जानकारहरुले बताएका छन् । पछिल्लो समयमा राप्रपाको लिङदेन समूह नेकांको गगन थापा समूहसँग लागेर एमालेलाई खेद्ने अभियानमा लागेको छ । प्राप्त समाचारअनुसार राप्रपाले बागमती प्रदेश सरकारमा मन्त्री भएका तीनजना सांसदलाई किन कारवाही नगर्ने ? भन्दै अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।
यसैक्रममा प्रवक्ता मोहनकुमार श्रेष्ठले जारीगरेको विज्ञप्तिमा उपरोक्त कुरा उल्लेख छ । उहाँले बक्तब्यमा एमाले र नेकपाको गठबन्धन सरकारमा सहभागी नहुने पार्टीको निर्णयलाई उल्लंघन गरेको विषय स्मरणसमेत गराइएको छ । राप्रपाले यसअघि बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निजी लेटरप्याड प्रयोगगरी बागमती सरकारलाई दलको तर्फबाट भनि समर्थन दिएको कारण प्रदेशसभा सदस्य उद्धब थापाको पार्टी सदस्यता निलम्बन र प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको विषय जानकारी हुँदाहुँदै पार्टी निर्णय र निर्देशन विपरीत प्रदेश सरकारको मन्त्री पदको सपथ ग्रहण गरेका तीनजना सांसदहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पनि कारवाही अगाडि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार १२ घण्टे स्पष्टिकरण सोधिएको बताइन्छ ।