काठमाडौं,२२ माघ । प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी ओलीबीच आज आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहेर प्रम निवास बालुवाटारमा दुईघण्टा लामो महत्वपूर्ण वार्ता भएको छ । वार्तामा अध्यक्ष ओलीले तोकिएको मितिमा निर्वाचनगर्न आवश्यक शान्ति–सुरक्षाको वातावरण अझै पूर्णरुपमा तयार नभएको बताउँदै निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन प्रम कार्कीको ध्यानाकर्षण गर्नुभएको थियो ।
त्यसैगरी प्रम कार्कीले सरकारले निर्वाचन सफल बनाउन कुनै कसर बाँकी नराख्ने उत्तर दिनुभएको थियो । प्रम कार्कीले मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि हिजो बुधबारदेखिनै झण्डै ८० हजार सुरक्षाकर्मी परिचालन भइसकेको र अब कुनै कमजोरी नहुने दाबि गर्नुभएको थियो । भेटमा निर्वाचन एकै चरणमा गर्नुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।