
काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन तीन गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिकगर्न निर्देशन दिएको छ । आयोगको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता–०८२ को दफा ३७ बमोजिम फागुन तीन गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जारीगर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिकगरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेशगर्न दलसम्बन्धी ऐन–०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।