काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इञ्जिनियर सुबास विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको थाहा भएको छ । करार सेवामा कार्यरत विष्टले गैरकानूनीरुपमा सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अभियोगमा एक करोड ९७ लाख १० हजार १५७ बिगो कायमगरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार निजले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोगगरी गैरकानूनीरुपमा आर्जनगरेको सम्पत्ति बुबाको नाममा रहेको देखिँदा बुबा सुदर्शन विष्टमउपर पनि भ्रष्टाचार निवारण ऐन–०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन–०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवानागरी लुकाइछिपाइ राखिएको बिगो सम्पत्ति जफतगर्न माग दाबी लिइएको बताइएको छ ।