काठमाडौं,१ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्का जिल्ला अदालत सिन्धुलीबाट १० हजार धरौटीमा रिहा हुनुभएको थाहा भएको छ । गत माघ १६ गते सिन्धुली जिल्लाको दुधौलीबाट पर्चा वितरणगर्दै गरेको अवस्थामा उहाँलाई गिरफ्तार गरेको भनिएको थियो ।

राज्य विरुद्ध कसुरको झुट्ठा मुद्धामा बन्धक बनाएका खड्कालाई हिजो साझ पाँच वजे आफ्नो परिवार तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सिन्धुली जिल्लाको रोहवरमा जिल्ला प्रहरी कार्यलय सिन्धुलीले रिहा गरेको बताइएको छ ।