काठमाडौं, २ फागुन । निर्वाचनको ‘इपिसेन्टर’ कारुपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरुको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको हो । विमानस्थलको टर्मिनल बाहिरको सुरक्षा जिम्मालिँदै अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एक नफ्री तैनाथ गरिएको छ । हालका लागि करिब २५ जना सैनिक खटाइएको जनाइएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीकाअनुसार विमानस्थलको पेरिमिटर बाहिर सेनाले सुरक्षा सम्हालेको छभने पेरिमिटरभित्रको सुरक्षा विमानस्थलका सुरक्षा गार्डले हेर्ने व्यवस्था मिलाइएको छ । प्रहरी नायब निरीक्षकको कमाण्डमा २५ जना प्रहरी विमानस्थल सुरक्षा गार्डका रुपमा खटिएका छन् ।
निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौंबाट हवाई मार्गहुँदै झापा आउने–जाने राजनीतिक व्यक्तित्वको संख्या उल्लेख्य रुपमा बढेको छ । झापा–५ बाट उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली केही दिनमै चन्द्रगढी विमानस्थलहुँदै दुईपटक झापा आएर काठमाडौँ फर्कनुभएको छ । केपी ओलीको प्रतिस्पर्धीकारुपमा देखिनुभएका बालेन्द्र साह (बालेन) एकपटक सोही विमानस्थल प्रयोगगरी झापा पुग्नुभएको थियो । झापा–३ का उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, इलाम–२ का उम्मेदवार सुहाङ नेम्बाङ, एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि चन्द्रगढी विमानस्थल नै प्रयोगगर्दै आउनुभएको छ ।
दमक–९ स्थित मिनी दरबारमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका परिवारका सदस्यहरु यही विमानस्थलहुँदै राजधानी ओहोरदोहोर गर्नेगरेका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजरगर्दै थप सतर्कता अपनाइएको विमानस्थल कार्यालयले जनाएको छ । झापाका उम्मेदवार मात्र होइन, इलाम, पाँचथर र ताप्लेजुङका उम्मेदवारले चन्द्रगढी विमानस्थललाई मुख्य आवागमन बिन्दुका रुपमा प्रयोग गरिरहेका छन् ।